सप्तरी कृष्णसवरण गाउँपालिकाका ८५ भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण
२८ भदौ, काठमाडौं । राष्ट्रिय भूमि आयोगमार्फत भूमिहीन सुकुम्वासी र भूमिहीन दलितलाई लालपुर्जा वितरणको काम तीब्र पारिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले मंगलवार सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिकाका ८५ भूमिहीन सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण गरिन् ।
राष्ट्रिय भूमि आयोग जिल्ला समिति सप्तरीले अग्नीसाइर कृष्णसवरण गाउँपालिकाको वडा नं. ४ मा आयोजना गरेको भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले लालपुर्जा वितरण गर्दै भूमिहीन सुकुम्वासी र भूमिहीन दलितको समस्या समाधानको कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताइन् ।
मन्त्री श्रेष्ठले स्थानीय तहले उर्वर भूमिलाई आवासीय क्षेत्रमा वर्गीकरण गरेको सुनिएको भन्दै अहिलेलाई त्यो फाइदा भएको देखिए पनि त्यसले दिगो रुपमा ठूलो असर पार्ने भएकाले त्यसो नगर्न र भूमिको उचित मूल्याङ्कन गरी कृषि योग्य भूमिको संरक्षण गर्न आग्रह गरिन् ।
उनले नीति तथा कार्यक्रम र बजेटमा समेत आगामी २ वर्षभित्र भूमिसँग जोडिएका सबै खालका समस्या समाधान गरिसक्ने भनिएकाले यही आर्थिक वर्षभित्र ३०० पालिकाकाका पाँचलाख भूमिहिनलाई लालपुर्जा वितरण गरिसक्ने गरी अगाडि बढेको बताइन् ।
प्रतिक्रिया दिनुहोस्