सप्तरीमा छुट्टाछुट्टै घट्नामा दुईको मृत्यु

मंगलबार, सप्तरी । सप्तरीमा भएको छुट्टाछुट्टै दुई घट्नामा दुई जनाको मृत्यु भएको छ ।

एक जनाको डुबेर तथा अर्काको करेन्ट लागेर मृत्यु भएको छ ।

frontline

खडक नगरपालिका ३ बनरझुल्ला बस्ने २१ वर्षीय सन्तोष ठाकुरको डुबेर मृत्यु भएको छ ।

घरदेखी करिब १ सय ५० मिटर पश्चिम नारायण चौधरीको आँप बगैचामा माछा मार्न गएको अवस्थामा बगैचामा रहेको पानीमा लडेर अचेत भएका थिए ।

स्थानीयले उनलाई उद्धार गरी युनिक अस्पताल रुपनी ल्याएपछि चिकित्सकले मृत घोषण गरेको प्रहरीले जनाएको छ ।

यस्तै, कंचनरुप नगरपालिकामा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा नगरपालिकाको वडा नम्बर १० बदगामा बस्ने २५ बर्षीय बैजु यादव छन् ।

छिमेकी केशरी पासवानको घरमा काम गर्न गएको बखत फलामको रड काट्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो ।

करेन्ट लागेर सिकिस्त भएका उनको गजेन्द्र नारायण सिंह राजविराजमा उपचारका क्रममा मृत्यु भएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here