सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु

३ भदौ, काठमाडौं । सप्तरीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । बोदेबर्साई नगरपालिका–३ मधुवनका रामआशिष यादवका छोरा अन्दाजी १८ वर्षीय रामनरेशको करेन्ट लागेर मृत्यु भएको हो ।

बार्दलीको भित्तामा अड्याइएको पंखामा अचानक हातले छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा निधन भएको हो ।

frontline

घटनालगत्तै यादवलाई उपचारको निम्ति छिन्नमस्ता अस्पताल राजविराज लगिएकोमा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here