सप्तकोसीमा पानीको बहाब उच्च, ५६ मध्ये ३३ ढोका खोलियो

२१ साउन, धरान ।  सप्तकोसी नदीमा पानीको बहाब उच्च भएको छ। शनिबार लगातारको वर्षाका कारण शनिबार दिउँसोदेखि सप्तकोसीमा पानीको बहाब बढेपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ति बालिएको छ।

सप्तकोसीमा शनिबार ४:५० बजे पानीको बहाब प्रतिसेकेण्ड २ लाख २५ हजार ३ सय ५० क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।

frontline

उनले पानीको बहाब बढेपछि कोसी ब्यारेजका ५६ मध्ये ३३ ढोका खोलिएको बताए। सप्तकोसीमा पानीको बहाब एक लाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ।

भारतको नियन्त्रणमा रहेको कोसी ब्यारेजका सबै ढोका नखोलेका कारण कोसी गाउँपालिका र बराहक्षेत्र नगरपालिकाको खेतीयोग्य जमिन र मानव बस्ती डुबानमा परेको छ।

सप्तकोसीमा पानीको बहाब उच्च भएपश्चात् सुनसरी, उदयपुर र सप्तरी प्रशासनले कोसी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

सप्तकोसीले पश्चिमतर्फ कटान गर्दा सुनसरी र उदयपुरको श्रीलंका टापु डुबानमा परेको छ। सप्तकोसीका सबै ढोका नखोलिएका कारण यस क्षेत्र अझै डुबानमा पर्ने भएकाले कोसी ब्यारेजका सबै ढोका खोल्न स्थानीयले माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here