सप्तकोशी श्रीलंका टापुमा फसेकाहरूको उद्धारमा खटिए सशस्त्र र नेपाल प्रहरीको टोली

श्रोत : ईन्टरनेट

१८ साउन, उदयपुर । सप्तकोशीको श्रीलंका टापुमा फसेकाहरूको उद्धारमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको छ ।

 उदयपुरको बेलका नगरपालिका वडा नम्बर ८ बाट सप्तकोशी नदी बस्तीमा पसेपछि दुई हजार घर परिवार विस्थापित भएका छन् ।

frontline

विस्थापितहरूको उद्धारका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीका छुट्टा छुट्टै ३ वटा टोलीले फरक फरक ठाउँबाट उद्धार गरिरहेको छ ।

रातिदेखि बाढी बस्तीमा पस्न सुरु गरेको थियो । बिहान गाउँमा समान्य डुबान भएकाले केही स्थानीयबासिन्दाले बस्ती छाड्न चाहेका थिएनन् ।

तर दिउँसो बस्तीमा बाढी बढ्दै गएकाले अहिले सबै जनाले गाउँ छाड्न चाहेको र उद्धारको पर्खाइमा रहेका धेरै रहेको प्रहरीले जनाएको छ ।

बेलकाकाे ८,९,३ र २ डुबानमा, सुनसरीको बराह नगरपालिका ९ र ६ वडाका बासिन्दा पनि विस्थापित भएकाे बेलका नगरपालिका ८ का वडा सदस्य फाल्गुन कार्कीले बताए । विस्थापितलाई उद्धार गरि स्कुलमा राखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here