सन्दीप लामिछानेविरुद्ध आज अभियोग पत्र दर्ताको तयारी

६ कात्तिक, काठमाडौं । बलात्कार आरोपपछि प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आज अदालतमा अभियोग पत्र दर्ताको तयारी भएको छ । सरकारी वकिल कार्यालयले आइतवार अभियोगपत्र अदालतमा दर्ताको तयारी गरेको हो ।

यसअघि प्रहरीले शुक्रवार अपरान्ह अनुसन्धान प्रतिवेदन काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको थियो । सन्दीप असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

frontline

गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपबिरुद्ध जाहेरी परेको थियो । उनीमाथि प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here