सन्दीप लामिछानेले क्यानसँग मागे गुहार

२३ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँग आफ्ना लागि गुहार मागेका छन् ।

एक १७ वर्षीया नाबालिकाले आफूमाथि सन्दीपले जबरजस्ती करणी गरेको भन्दै उजुरी दिएपछि सन्दीपले कानुनी लडाइँमा सहयोग गर्न क्यानसँग गुहार मागेका हुन् ।

frontline

सन्दीप अहिले क्यारेबियन प्रिमियर लिग खेल्नका लागि वेष्ट इन्डिज (जमैका)मा रहेका छन् । उनले आफूमाथि गलत आरोप लागेको भन्दै क्यानसँगको कुराकानीमा आफू कानुनी लडाइँमा जाने र यसका लागि क्यानले सहयोग गर्नुपर्ने बताएको क्यान सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए ।

प्रहरीमा उजुरी दर्ता भएपछि उक्त आरोपबारे सन्दीपमाथि प्रहरीले अनुसन्धान थालेको छ । प्रहारीले छानबिन गरिरहेकोले तत्कालै क्यानले सन्दीपमाथि कुनै एक्सन नलिने र बरु छानबिनमा सहयोग गर्ने बताइएको छ ।

यसबारे बुधबार बेलुका क्यानका अध्यक्ष चतुरबहादुर चन्दले समेत पदाधिकारीसँग छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here