सन्दीप लामिछानेलाई अनुसन्धानका लागि थप ४ दिन हिरासतमा राखिने
२ कार्तिक, काठमाडौं । नावालिग बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई अनुसन्धानका लागि थप ४ हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
लामिछानेमाथि अनुसन्धान गर्न प्रहरीले ७ दिनको म्याद मागेपनि जिल्ला अदालत काठमाडौंले ४ दिनको मात्रै अनुमति दिएको हो ।
बिहीबार घटनाको थप अनुसन्धान गर्न म्याद थप गर्दै यही आईतबार प्रतिवेदनसमेत बुझाउन प्रहरीलाई अदालतले निर्देशन दिएको हो ।
असोज २० गते पक्राउ परेका सन्दीपमाथि अनुसन्धान गर्न यसअघि २ पटक म्याद थप भइसकेको छ ।
असोज २४ गते २० गतेबाट गणना हुने गरी ७ दिनका लागि म्याद थप गरेको थियो । त्यस्तै दोस्रो पटक असोज ७ गते ७ दिन म्याद थप गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्