सदन खुलाउन सभामुखको पहलमा सत्ता र प्रतिपक्षको बैठक

सभामुख देवराज घिमिरेको पहलमा सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँगको बैठक बसिरहेको छ ।
News Summary
Generated by OK AI. Editorially reviewed.




- सदन अवरुद्ध हुँदा सभामुख देवराज घिमिरेले बैठक खोल्ने प्रयास गरिरहेका छन्।
- उनले सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्।
- सभामुखले १५ गतेको बजेट प्रभावित हुन सक्ने भन्दै सहमति खोज्न आग्रह गरेका हुन् ।
१४ जेठ, काठमाडौं । दोस्रो दिन पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध भएपछि सभामुख देवराज घिमिरेले सदन खुलाउन पहल थालेका छन् ।
उनको कार्यकक्षमा अहिले सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँगको बैठक बसिरहेको छ ।
बैठकमा सभामुख, उपसभामुखसहित नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही सहभागी छन् ।
बैठकमा सहभागी एक नेताका अनुसार निरन्तर सदन अवरुद्ध हुँदा १५ गतेको बजेटसमेत प्रभावित हुने भन्दै सभामुखले सहमति खोज्न आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्