सत्ता गठबन्धन सिट बाँडफाँटका लागि कार्यदलको बैठक बस्दै

१ भदौ, काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक आज बुधबार बस्दैछ ।

बालुवाटारमा स्थित प्रधानमन्त्री निवासमा दिउँसो ४ बजे सुरु हुने बैठकमा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले सिट बाँडफँटको प्रस्ताव ल्याउने एक नेताले जानकारी दिनुभयो ।

frontline

गत सोमबार बसेको कार्यदलको बैठकले गठबन्धनमा आवद्ध दलहरुले पाउने सिट संख्याबारे प्रस्ताव ल्याउने जिम्मा सिटौलालाई दिएको थियो ।

ती नेताका अनुसार गठबन्धनका शिर्ष नेताहरुले सिट बाँडफाँटको विषय छिटो टुंग्याउन ताकेता गरेपछि कार्यदलको बुधबारको बैठकमा सिटौलाले भागवण्डाको प्रस्ताव गर्नुहुनेछ ।

गत स्थानीय तह निर्वाचनमा दलहरूलाई प्राप्त मत, २०७४ को संघ तथा प्रदेशसभा निर्वाचनमा जित हासिल गरेका सिट तथा दलीय संवेदनशीलताका आधारमा सिट बाँडफाँट गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here