सत्ता गठबन्धन बैठकमा पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति

११ असार, काठमाडौं । सत्ता गठबन्धनको बैठकमा पेट्रोलिय पदार्थमा लागेको कर कम गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति भएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा सो सहमति भएको हो ।

frontline

बैठकमा शनिबार वा भोलि आइतबार मन्त्रिपरिषद्को बैठक बोलाएर पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर कम गर्ने र आयल निगमलाई मूल्य घटाउन निर्देशन दिने सहमति भएको एक नेताले जानकारी दिनुभयो ।

नेपाल आयल निगमले पछिल्लो पटक डिजेल र मट्टितेलमा २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ भाउ बढाएको थियो । अहिले पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजल/मट्टितेल प्रतिलिटर १९२ रुपैयाँमा कारोबार भइरहेको छ ।

पछिल्लो पटक इन्धनमा भारी मूल्यवृद्धि भएपछि सरकारमाथि चौतर्फी दबाब आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here