सडेर कंकाल भइसकेको शव फेला

२ साउन, काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–३, साँखु एक शव भेटिएको छ ।

सडेर कंकाल भइसकेको अवस्थामा शव फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।

frontline

खोलाको नजिक शव भेटिएपछि प्रहरी वृत्त, बौद्धका डीएसपी ढुण्डिराज न्यौपाने र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि घटनास्थलतर्फ जाँदैछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here