सडक नाटक प्रदर्शनी राप्ती गाउँपालिकामा

राप्ती गाउँपालिकका सार्वजनिक स्थलमा जनचेतनामूलक सडक नाटक प्रदर्शनी सुरु भएको छ । गाउँपालिका र भाइब्रेसन मिडिया प्रालिको सहकार्यमा शनिबारदेखि नाटक सुरु भएको हो । 

नाटक पालिकाभित्रका विभिन्न स्थानमा सोमबारसम्म प्रदर्शनी हुने जनाइएको छ ।  पहिलो दिन राप्ती गाउँपालिका ५ सिसहनियाँ बजार, वडा नम्बर ७ मा रहेको सरस्वती आधारभूत विद्यालय छोटकी सिसहनियाँ र वडा नम्बर ६ को वडा कार्यालय भवन परिसरमा साझ ५ बजे नाटक प्रदर्शन भएको छ।

frontline

नाटकमा बाल विवाह, धुम्रपान, मद्यपान, लागु पदार्थ दुर्व्यसन विरुद्ध तथा फोहोरमैला व्यवस्थापन सम्बन्धी विषय वस्तु समेटिएको छ।

नाटकमा राष्ट्रिय कलाकार सुरवीर पण्डित (दाह्रीबा), विष्णु गैरे, सुरेश असिम, रोहनी लामा, रोहित खत्री, दीपेन्द्र पण्डित लगायतको सहभागिता रहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here