सडकमा नै चिया पकाएर युवा संघद्वारा मूल्यबृद्धिको बिरोध
५ फागुन, काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरोध गर्दै नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ ।
विहीबार काठमाडौंमा सडकमा नै चिया पकाएर युवा संघले मूल्यबृद्धिको बिरोध गरेका थिए ।
प्रदर्शनकारीहरुले ‘युथ फोर्स जिन्दावाद’, ‘हत्यारा सभामुख राजीनामा दे’, ‘मुख छाडा मन्त्री राजीनामा दे’, ‘रेणु यादव राजीनामा दे’, ‘मूल्यबृद्धि फिर्ता गर’, ‘नेकपा एमाले जिन्दावाद’लगायतका नारा लगाएका थिए ।
त्यस्तै उनीहरुले मूल्यबृद्धिको विरोधमा प्रतिकात्मक स्वरुप आइरन कवाडी, मोटरसाइकल, स्कुटरगायतका सवारीसाधानलाई फलामको भाउमा विक्रीमा राखेको थियो ।
पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिले अन्य क्षेत्रमा पनि असर पारेको र यसले सर्वसाधारणको जनजीवन प्रभावित भएको भन्दै विंरोध प्रदर्शन गरिएको युवा संघका संगठन विभाग प्रमुख क्षितिज थेबेले जानकारी दिए ।
उनले मर्यादाविपरीतको अभियव्यक्ति सार्वजनिक भएको भन्दै पर्यटनमन्त्री प्रेम आलेको बर्खास्तीको माग पनि गरे ।
युवा संघले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि लगाएतका बिषयमा निरन्तर रुपमा सरकारबिरुद्ध प्रदर्शन गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्