सङ्क्रामक रोगको जोखिममा कैदीबन्दी

लमजुङ, ३ असोज (रासस) : जिल्ला कारागारमा सजाय भुक्तान गर्दै आएका कैदी र आरोपित बन्दी कारागारको क्षमता भन्दा करिब चार गुण बढी हुँदा सङ्क्रात्मक रोगकोे जोखिम बढेको छ ।

बेँसीशहर नगरपालिका–८ स्थित जिल्ला कारागारको क्षमता ३५ जनाको रहे पनि हाल ९७ कैन्दीबन्दी छन् । यीमध्ये ८७ पुरुष र १० कैन्दीबन्दी महिला रहेको कारागारले जनाएको छ ।

frontline

कारागारका अनुसार ४८ कैदी पुरुष रहेका छन् भने आठ कैदी महिला छन् । उन्तालीस थुनुवा पुरुष छन् भने दुई महिला छन् । एक कैदीवन्दी बराबर एक मिटर लम्बाइ र चार मिटर चौडाइ क्षेत्रफलको व्यवस्था गर्नुपर्ने कानूनी प्रावधान छ ।

कानूनी प्रावधानअनुसार कारागार ३५ जनाका लागि मात्रै उपयुक्त देखिन्छ । क्षमताभन्दा झण्डै चार गुणा बढी सङ्ख्यामा कैदीबन्दी राखिएसँगै उनीहरुमा विभिन्न खालका सास्तीका साथै सङ्क्रामक रोगको जोखिम रहेको कारागारका जेलर जगदीश रेग्मीले बताउनुभयो ।

बढी कैदीबन्दी हुँदा मान्छेमाथि मान्छे नै बस्नुपर्ने बाध्यता रहेकाले छाला सम्बन्धित रोगलगायत भाइरल रोगको बढी जोखिम छ । –––

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here