सगरमाथा पदयात्रा मार्गमा पर्ने कोङ्दे पिक होटलमा आगलागी, ८ करोडको क्षति
१० फागुन, काठमाडौं । सगरमाथा आधार शिविर जाने पदयात्रा मार्गमा पर्ने कोङ्दे पिक होटलमा आगलागी भएको छ ।
२ फागुनको साँझ भएको आगलागीबाट होटल पूर्ण रुपमा क्षतिग्रस्त भएको होटल सञ्चालक लाक्पा नुरु शेर्पाले जानकारी दिए ।
उनका अनुसार आगलागीबाट ८ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
यो होटल सोलुखुम्बुको फाकदिङ जम्फुटेमा अवस्थित छ । अफसिजनका कारण आगलागीको समयमा होटलमा पाहुना भने थिएनन् ।
प्रतिक्रिया दिनुहोस्