सकियो खेलकुदको महाकुम्भ ओलम्पिक

खेलको महाकुम्भ भनिने ओलम्पिक फ्रान्सको राजधानी पेरिसमा सम्पन्न भएको छ। २६ जुलाईबाट औपचारिक रुपमा सुरु भएको पेरिस ओलम्पिक भव्य समारोहका साथ सम्पन्न भएको हो।

पेरिस ओलम्पिक २०२४ को विजेता अमेरिका बनेको छ। अमेरिकाले कुल १२६ पदक जित्यो। जसमा ४० स्वर्णपदक, ४४ कास्य पदक र ४२ वटा रजत पदक रहेको छ। त्यस्तै अमेरिकालाई पछ्याउँदै चीन दोस्रो स्थानमा रह्यो। चीनले ४० स्वर्णपदक, २७ कास्य र २४ रजतपदकसहित कुल ९१ पदक हात पार्यो।

frontline

त्यसैगरी जापानले कुल ४५ पदक जित्यो। जसमा २० स्वर्णपदक रह्यो।

विश्वभरका करिब ११४ देशले सहभागीता जनाएको पेरिस ओलम्पिक अब सन् २०२८ मा अमेरिकाको लस एन्जल्समा आयोजना हुनेछ।

यसवर्षको ओलम्पिकको मशाल पनि आइतवारको भव्य समारोहमा निभाउँदै ओलम्पिक झन्डा लस एन्जल्सलाई सुम्पिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here