संसद अधिवेशन अन्त्य भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

फ्रन्टलाइन राजनीति । सोमबार दिउँसो बोलाएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

पछिल्लो परिस्थितिबारे अन्य दलहरुसँग छलफल गर्नुपर्ने भएकाले बैठक स्थगित गरिएको नेकपा माओवादी केन्द्रले जानकारी गराएको छ । माओवादी केन्द्रले सोमबार दिउँसो १ बजे स्थायी कमिटी बैठक बोलाएको थियो । तर सोमबार सरकारले हठात् प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि माओवादी केन्द्रले बैठक रोकेर संसदमा प्रतिनिधित्व गर्ने अरु दलहरुसँग छलफल गर्न लागेको हो ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here