संसद्‍मा उठ्यो अख्तियारले माधव नेपालको बयान लिएको विषय

२३ वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान लिएको विषय उठेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले यो कतै राजनीतिक प्रतिशोधका आधारमा भइरहेको त छैन भनेर प्रश्न गरेका हुन् ।

frontline

‘हालसालै भइराखेको राजनीतिक प्रतिशोधको केही घटनाहरूमा पार्टीको तर्फबाट ध्यानाकर्षण भएको र हाम्रो सरोकार रहेको कुरा राख्न चाहन्छौं’, सांसद झा ले मंगलबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर भनेका छन् ।

‘हाम्रो पार्टी सभापतिप्रति भयो, हालसालै रेशम चौधरीप्रति भयो, माधवकुमार नेपाल ज्युको पनि बयान लिंदैछ भन्ने सुन्दैछौं । अब के सिके राउतप्रति आक्रमण हुन्छ कि ?’ सांसद झाले भने ।

यी सबै विषयलाई आफ्नो पार्टीले एउटा राजनीतिक प्रतिसोधको क्रमको रुपमा हेरिराखेको रास्वपा सांसद झा ले बताएका हुन् ।

राजनीतिक प्रतिसोधप्रति सँधै चुप लाग्न सकिने अवस्था नरहन सक्ने पनि उनको चेतावनी छ । ‘यो सबै कुरालाई हामीले एउटा राजनीतिक प्रतिसोधको क्रमको रुपमा हेरिराखेका छौं र गम्भीरता पूर्वक लिइराखेका छौं र सँधै चुप लाग्न सकिने अवस्था नरहन पनि सक्छ भन्ने जानकारी गराउन चाहन्छौं’, उनले भने ।

प्रतिशोध मनिष |झा माधव नेपाल

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here