संसदीय प्रक्रियामा अघि बढ्यो नेपाल प्रहरी विधेयक

११ फागुन, काठमाडौं । प्रतिनिधि सभाले नेपाल प्रहरीसम्बन्धी विधेयक अगाडि बढाउँदैछ । आज (आइतबार) दिउँसो १ बजे बस्ने बैठकबाट यो विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने तयारी छ ।
गृहमन्त्री रमेश लेखकले गत माघ १५ गते यो विधेयक प्रतिनिधि सभामा दर्ता गरेका थिए । यो विधेयकमाथि सांसदहरूले ५१ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन् । सांसदहरूको संशोधन प्रस्तावसहित दफावार छलफलका लागि प्रतिनिधि सभामा सम्बन्धित संसदीय समितिमा पठाउन लागेको हो । यो विधेयक दफावार छलफलकालागि प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा जानेछ ।




यसका अलावा आज प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची पनि छ ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्