संसदमा जवाफ दिँदै प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिनुहुने छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे संसद भवन, नयाँ बानेश्वरमा डाकिएको छ ।

संसद बैठकको कार्यसूचीमा प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम प्रधानमन्त्रीले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने उल्लेख छ ।

frontline

आजको बैठकमा पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने अर्को कार्यसूची पनि छ ।

त्यस्तै भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गरिँदै छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here