संविधान धुजाधुजा बनाए : शेरबहादुर देउवा

''राष्ट्रपतिले राष्ट्रपतिको गरिमा राख्न नसकेको,राष्ट्रपतीय संस्थाको गरिमा र मर्यादा राख्न नसकेको, प्रधानमन्त्री र राष्ट्रपति मिलेर संविधानका प्रावधान धुजाधुजा बनाए''

काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिले राष्ट्रपतिको गरिमा राख्न नसकेको बताएका छन् ।

सोमबार विभिन्न पेशागत क्षेत्रका प्रतिनिधिसँगको अन्तरक्रियामा पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीले राष्ट्रपतीय संस्थाको गरिमा र मर्यादा राख्न नसकेको बताएका हुन् ।

frontline

‘संविधानको ७६ को उपधारा ५ ले कुनै पनि संसदको सदस्यले बहुमतका आधार पेश गरे राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने व्यवस्था गरेको छ ।

त्यो आधार हामीले प्रस्तुत गरेपनि प्रधानमन्त्रीमा नियुक्त नगरेर उल्टै प्रतिनिधिसभा विघटन गरियो ।

यसले राष्ट्रपतिको गरिमा रहेन’ देउवाको भनाइ छ ।

देउवाले प्रधानमन्त्री ओली र राष्ट्रपति मिलेर संविधानका प्रावधान धुजाधुजा बनाएको आरोप समेत लगाए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here