संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस एसियाली देशको भ्रमणमा जाँदै

१८ साउन , एजेन्सी ।  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस एसियाली देशहरुको भ्रमणमा जान लागेको उनका प्रवक्ताले बताएका छन् ।

महासचिवका प्रवक्ता स्टेफान डुजारिकका अनुसार महासचिव गुटरेस जापान, मङ्गोलिया र दक्षिण कोरियाको भ्रमणमा जान लागेको बताएका छन् ।

frontline

महासचिव गुटरेस बिहीबार जापानका लागि प्रस्थान गर्नुहुने छ । जापानमा उनी हिरोसिमामा आयोजना हुने शान्ति स्मारक समारोहमा सहभागी हुने छन् ।

त्यस अवसरमा उनले सन् १९४५ मा भएको हिरोसिमा र नागासाकी हमलाका पीडितहरुसँग पनि भेटघाट गर्नुहुने कार्यक्रम छ ।

जापानमा रहँदा उनले त्यहाँका प्रधानमन्त्री फुमियो किसिदाका साथै अन्य विशिष्ट सरकारी अधिकारीहरुसँग पनि भेटवार्ता गर्नु छन् । जापानपछि उनी मङ्गोलिया र त्यसपछि दक्षिण कोरियाको भ्रमणमा जाने छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here