संघ समृद्ध नभए गौरव गर्न सकिँदैन : मरासिनी

गैर आवासीय नेपाली संघका आजिवन सदस्य माधव मरासिनीले संघ समृद्ध हुन नसके विदेशमा बस्ने नेपालीहरुले गौरव गर्न नसकिने बताएका छन् ।
आगामी अक्टुवर ११–१४ मा हुन लागिरहेको एकताको निर्वाचनको सन्दर्भमा बोल्दै उनले संघमा स्थिरता र सुशासन नभएसम्म संघ समृद्ध हुन नसक्ने बताएका छन् । गैर आवासीय नेपाली संघ उच्च स्तरीय समितिबाट एकता निर्माणको असफलता र एकताको निर्माणमा भइरहेको ढिलाईले गैर आवासीय नेपाली संघका सदस्यहरुलाई सबैभन्दा बढी पिरोल्ने गरेको उनले बताएका छन् ।
एकताको निर्वाचन शान्तिपूर्ण भयरहित र ऐतिहासिक राष्ट्रिय समन्वय परिषद् एनसिसीहरुको सहभागिता सहित सम्पन्न होस् भनी मरासिनीले शुभकामना व्यक्त गरेका छन् । एकताको निर्वाचन अक्टुबरमा भएपछि गैर आवासीय नेपाली संघमा स्थिरता हुने र मातृभूमी नेपालको विकासमा अगाडी बढ्न सकिने उनको भनाइ छ । देशको विकासका लागि गैर आवासीय नेपालीहरुको लगानी आकर्षित गर्न सकिने कुरामा विश्वभर छरिएका गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् एनसिसीहरुको विश्वास रहेको सदस्य मरासिनीले बताएका छन् ।
यसका लागि संसारभरि रहेका सम्पूर्ण गैर आवासीय नेपाली संघका साथीहरुलाई अक्टुबरमा हुने एकताको निर्वाचनमा सक्रिय सहभागी भई एकताको निर्माणको प्रकृयामा सहयोग गर्न उनले आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्