संगठन निर्माणलाई तिब्रता दिने निर्णय गर्दै जसपा दुर्गाभगवतीमा नगर भेला सम्पन्न
मेवालाल यादव , रौतहट
संगठन निर्माण कार्यलाई तीव्रता दिने निर्णय गर्दै जनता समाजवादी पार्टी नेपालको दुर्गाभगवती गाउँपालिकाकामा बृहत भेला सम्पन्न भएको छ ।
जनता समाजवादी पार्टी नेपाल रौतहट जिल्ला अध्यक्ष श्याम बिहारी यादवको अध्यक्षता तथापुर्व कृषि राज्य मन्त्री योगेन्द्र राय यादवको प्रमुख आतिथ्यमा जनता समाजवादी पार्टी नेपाल जिल्ला कमिटी द्वारा आयोजित कार्यक्रम विच दुर्गाभगवती गाउँपालिकाको नगर स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको हो । भेलाले दुर्गाभगवती गाउँपालिकामा क्रियाशिल वडा समिति, विभिन्न भातृसंगठनको गठनपुर्नगठन तथा पार्टी क्रियाशिल सदस्यता र पार्टी सदस्यता विस्तार गर्ने लगायतको निर्णय गर्दै पुर्व कृषि राज्य मन्त्री योगेन्द्र राय यादवले बताए ।
दुर्गाभगवती गाउँपालिकाको वडा -१ देखी- ९ सम्मको उपस्थिति बिच दुर्गाभगवती नगर तदर्थ समितिको अध्यक्ष पदमा कपल राय यादबको अध्यक्षतामा २१सदस्यीय नगर तदर्थ समिति चयन गरिएको छ ।
सो कार्यक्रममा अतिथी प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र यादब ,मा. शोभा देबी , किरण ठाकुर , जिल्ला सह ईन्चारज राजकुमार दास, जिल्ला उपसचिव र प्रचार-प्रसार तथा प्रकाशन विभाग प्रमुख दिनेश कुमार यादव लगायत पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरु लगायतका दुर्गाभगवती गाउँपालिकाको अन्तर्गतका विभिन्न वडाका स्थानीय नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्