संगठन निर्माणलाई तिब्रता दिने निर्णय गर्दै जसपा बौधिमाई नगर भेला सम्पन्न

मेवालाल यादव , रौतहट

संगठन निर्माण कार्यलाई तीव्रता दिने निर्णय गर्दै जनता समाजवादी पार्टी नेपालको बौधिमाई नगरपालिकाको बृहत भेला सम्पन्न भएको छ ।

frontline

जनता समाजवादी पार्टी नेपाल रौतहट जिल्ला अध्यक्ष श्याम बिहारी यादवको अध्यक्षता तथा राजनीति समिति सदस्य तथा पुर्व प्रदेश सान्सद रामकिशोर प्रसाद यादवको प्रमुख आतिथ्यमा आइतबार जनता समाजवादी पार्टी नेपाल जिल्ला कमिटी द्वारा आयोजित कार्यक्रम विच बौधिमाई नगरपालिकाको नगर स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको हो । भेलाले बौधिमाई नगरपालिकामा क्रियाशिल वडा समिति, विभिन्न भातृसंगठनको गठनपुर्नगठन तथा पार्टी क्रियाशिल सदस्यता र पार्टी सदस्यता विस्तार गर्ने लगायतको निर्णय गर्दै राजनीति समिति सदस्य तथा पुर्व प्रदेश सान्सद रामकिशोर प्रसाद यादवले बताए ।

बौधिमाई नगरपालिकाको वडा -१ देखी- ९ सम्मको उपस्थिति बिच बौधिमाई नगर तदर्थ समितिको अध्यक्ष पदमा हृदयनरायण यादब सँगै ४१ सदस्यीय नगर तदर्थ समिति चयन गरिएको छ ।

सीता पार्टी प्यालेस बन्कुलमा आयोजित भेलामा पार्टीका मधेश प्रदेश सरकारका ऊर्जा सिचाई तथा खानेपानी राज्यमंत्री अब्बुल कलम आजाद , पुर्व राज्य मन्त्री योगेन्द्र राय यादव , जिल्ला इन्चार्ज राम आशिष यादव, केन्द्रिय सदस्य बिशनाथ पटेल , प्रदेश सान्सद शोभा देवि , पुर्व नगर प्रमुख राजिव रन्जन यादव उर्फ राजु यादवले सम्बोधन गरेका थिए । पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरु लगायतका बौधिमाई नगरपालिका अन्तर्गतका विभिन्न वडाका स्थानीय नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here