संक्रमितको संख्या दिनहुँ बढ्दै उपप्रमुख वीरेन्द्रनगर

  सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकाल  ‘कोभिड–१९ संक्रमण फैलँदै छ, संक्रमितको संख्या दिनहुँ बढ्दै छ, यस्तै भयो भने अवस्था नियन्त्रण बाहिर पुग्न सक्छ’ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय सरकारमाथि चिन्तासँगै चुनौती पनि थपिएको छ । संक्रमणको उच्च जोखिममा रहेको वीरेन्द्रनगर र सिंगो सुर्खेत जिल्लाभित्र संक्रमणको आगो सल्कँदैछ ।

frontline

उहाँका अनुसार संक्रमण जोखिम बढ्दै गएपछि वीरेन्द्रनगरका विद्यालयहरु बन्द गरिएका छन् । वीरेन्द्रनगर नगरपालिकाको कोरोना व्यवस्थापन समितिको बैठकले आइसोलेशन कक्ष, एम्बुलेन्स लगायतलाई तयारीमा राख्ने निर्णय गरेको छ । ‘पहिला जस्तो क्वारेन्टिन सञ्चालनमा छैनन्, बाहिरबाट आउने मानिसलाई घरमा नै सुरक्षित बस्न भनेका छौँ’ – ढकालले भन्नुभयो । संक्रमितसँग नियमित सम्पर्कमा रहेर काम गरिरहेको पनि मोहनमायाले बताउनुभयो । ‘संक्रमितको स्वास्थ्यमा समस्या देखिए तत्काल अस्पताल लैजान्छौंं’– मोहनमायाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here