संक्रमितको निःशुल्क र सहज उपचारको व्यवस्था गर्न सरकारसंग राप्रपाको माग

फ्रन्टलाइन राजनीति । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोरोना संक्रमितको निःशुल्क र सहज उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

शनिबार एक विज्ञप्ति जारी गर्दै राप्रपाले संसारको कुनै पनि देशबाट कोरोनाविरुद्धको खोप ल्याइ सबै नागरिकलाई प्रदान गर्ने व्यवस्था तत्काल गर्न पनि माग गरेको छ ।

frontline

संक्रमितहरुको निःशुल्क र सहज उपचार हुने व्यवस्था तत्काल मिलाइ प्रभावकारी कूटनीतिक प्रयासद्वारा संसारको कुनै पनि देशबाट कोरोनाविरुद्धको खोप उपलब्ध गराइ सहज रुपले सम्पूर्ण नेपालीलाई खोप लगाइहाल्ने प्रभावकारी व्यवस्था तत्काल गर्न नेपाल सरकारसँग राप्रपाले अपिल गरेको छ । उक्त कार्यमा सरकारसँग आवश्यक समन्वय गरी सहयोग गर्न राप्रपा तयार रहेको पनि जनाइएको छ ।

विज्ञप्ती हेर्नुहोस ः

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here