श्री एयरलाइन्सको जहाज नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण

१९ साउन, नेपालगञ्ज  । नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण  गरिएको छ। 

आकाशमा उडेको केहीबेरमै जहाजको बायाँ इन्जिनमा धुवाँ देखिएपछि जहाज सोही विमानस्थलमा अवतरण गराइएको नेपालगन्ज विमानस्थलका प्रमुख सुरेश खनालले जानकारी दिए।

frontline

विमानस्थलका अनुसार जहाज नेपालगञ्ज विमानस्थलबाट बिहान ९ बजेर ४९ मिनेटमा उडेको थियो। १० किलो मिटर उडान भरिसकेपछि बायाँ इन्जिनमा समस्या देखिएपछि ९ बजेर ५६ मिनेटमा सोही विमानस्थलमा अवतरण गराइएको हो।

जहाजमा चालक दलका  ४ सदस्यसहित ८३ जना यात्रु थिए।

जहाजमा सबै यात्रु सकुशल रहेको र सबैलाई बाहिर निकालिएको छ।   

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here