श्रीलङ्काको रंगशालाका दुई कर्मचारीको हात्तिको आक्रमणमा परी मृत्यु

२२ मंसिर, कोलम्बो । श्रीलङ्काको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका दुई कर्मचारीको हात्तिको आक्रमणमा परी मृत्यु भएको छ ।

रंगशालाबाट घरतर्फ गइरहेका बेला उनीहरुलाई मङ्लबार बेलुका हात्तिले आक्रमण गरेको अधिकारीहरुले जनाएका छन् ।

frontline

हाम्बान्तोतामा रहेको सुरियावेवा महिन्दा राजापाक्ष अन्तर्राष्ट्रिय रंगशालामा कार्यरत उनीहरु दुवै जना पुरुष हुन ।

उनीहरुलाई एउटै हात्तिले आक्रमण गरेको थियो । घटना भएको ठाउँ पहिलेदेखि नै हात्तिको आतंक हुने गरेको ठाउँ हो ।

जंगली तथा ग्रामिण क्षेत्रमा पर्ने घटनास्थलमा यसअघि पनि हात्ति र मानिसकाबीचमा द्वन्द्व हुने गरेको स्थानीयहरुले बताएका छन् ।

रंगशालाका कर्मचारीहरु यही महिनाको अन्त्यतिर हुने लङ्का प्रिमियर लिगको सेमि फाइनल र फाइनल खेलका लागि तयारीको कार्य गर्न जुटेका थिए । (एएफपी)

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here