श्रीलंकामा आठ महिनाको अवधिमा ५० हजार डेंगुका बिरामी फेला

६ भदौ, कोलम्बो (सिन्ह्वा)  । श्रीलंकामा सन् २०२२ को आठ महिना अवधिमा करिब ५० हजार डेंगुका बिरामी फेला परेका छन्। यो राष्ट्रिय डेंगु नियन्त्रण एकाइ (एनडीसीयू)को विवरण हो।  

सञ्चारमाध्यमका अनुसार डेंगुबाट प्रभावित भई ४९ हजार ९ सय ४१ जना अस्पताल भर्ना भएका छन्। कोलम्बो, गाम्पाहा र कालुतारा जिल्लासहित पश्चिमी प्रान्तमा कुल संक्रमितमध्ये ५० प्रतिशत भेटिएका छन्।

frontline

कोलम्बो नगर परिषद् (सीएमसी) का प्रमुख मेडिकल अफिसर रुवान विजेमुनीले कोलम्बोमा १२,७५४, गाम्पाहामा ७,४९६ र कालुतारामा ४,७३१ जनामा संक्रमण पुष्टि भएको बताए।

डेंगु सार्ने लामखुट्टे नियन्त्रण गर्न प्रयोग हुने रसायन र कीटनाशक औषधि खरिदका लागि सीएमसीसँग रकम नहुँदा वार्षिक लामखुट्टे नियन्त्रण कार्यक्रममा चुनौतीको सामना गर्नुपरेको विजेमुनीले बताए। डेंगु बिरामी जुन, अगस्ट र नोभेम्बरदेखि जनवरीको बीचमा बढ्ने गरेका छन्। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here