श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएसँगै विरोध प्रर्दशन सुरु
५ साउन, काठमाडौं । श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएसँगै विरोध प्रर्दशन गर्न सुरु भएको छ ।
संसदमा बुधबार (बुधबार) भएको निर्वाचनमा दुई प्रतिष्पर्धीलाई हराउँदै उहाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । उहाँले १ सय ३४ मत प्राप्त गरेर राष्ट्रपति पदमा निर्वाचित हुनुभएकाे हाे । यसअघि उहाँ ६ पटक श्रीलंकाको प्रधानमन्त्री बन्नुभएको थियो ।
श्रीलंकामा कार्यकारी अधिकारसहितको राष्ट्रपति आमनिर्वाचनबाट चुनिने संवैधानिक व्यवस्था रहेकाे छ । यसअघि सन् १९९३ मा तत्कालीन राष्ट्रपति रनसिंघे प्रेमदासाको हत्यापछि उहाँको बाँकी कार्यकालका लागि संसदले राष्ट्रपति चुनेको थियो । विक्रमासिंगे नयाँ राष्ट्रपति बने पनि उहाँका लागि काम गर्न सजिलो नहुने संकेत देखिएको छ ।
पूर्वराष्ट्रपति गाेताबाया राजपाक्षेविरुद्ध सडकमा उत्रिएका समूहहरूले विक्रमासिंगेलाई पनि स्वीकार नगर्ने संकेत दिएका छन्।
उनीहरूले पुरानै र पटक पटक परीक्षण भईसकेका व्यक्ति भन्दै राष्ट्रपतिमा रनिल विक्रमासिंघे विरुद्ध पनि प्रदर्शन गर्न सुरू गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्