श्रीलंकाको जस्तो आर्थिक संकटमा जाने अवस्था आउदैन : प्रचण्ड

१७ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश श्रीलंकाको जस्तो आर्थिक संकटमा जाने अवस्थामा नरहेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सवमा सम्बोधन गर्दै अर्थतन्त्रलाई दुर्घटनामा जानबाट रोक्न विशेष योजना ल्याउन आफू लागेको बताए । 

frontline

अर्थतन्त्रलाई दुर्घटनामा जानबाट रोक्न हामी छलफल गरेर योजना ल्याउँदैछौं, ‘ प्रचण्डले भने, ‘श्रीलंकाको जस्तो अवस्थामा नेपाल जाँदैन ।’ उनले आफूले प्रधानमन्त्रीसँग पनि छलफल गरेको र अर्थविद्हरुसँग पनि परामर्श भइरकेो बताए।

प्रचण्डले चुनावमा गठबन्धन मिलेर जाने प्रष्ट  पारे । उनले भने, ‘चुनावमा हामी गठबन्धन बनाएर जानेमा द्वुविधा छैन, मिलेर जान्छौं ।’

माओवादीले मुलुकमा अप्ठ्यारो पर्दा जहिले पनि मुख्य भूमिका खेलेको भन्दै अप्ठ्यारो चुनौतीलाई पार लगाउन पछि नपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here