श्रीलंकाका विपक्षी दलका नेता सजित प्रेमदासा राष्ट्रपति बन्न इच्छुक

२८ असार, काठमाडौं । श्रीलंकाका प्रमुख विपक्षी दलका नेता सजित प्रेमदासाले आफू राष्ट्रपति बन्न इच्छुक रहेको बताएका छन् ।

देश आर्थिक संटकमा फसेपछि आक्रोशित स्थानीयबासिन्दाले गत शनिबार राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जा गरेपछि राष्ट्रपति गोटावाया राजापक्षेले बुधबार राजीनामा दिने बताएका छन् ।

frontline

राजापाक्षेले राजीनामा दिएपछि राष्ट्रपतिको उम्मेदवारमा सहमति जुनाउन उनको दल समगी जन बलवेगया (एसजेबी) समर्थन जुटाउन अन्य सहयोगीहरूसँग छलफल गरेको थियो ।

छलफलपछि बीबीसीसँगको कुराकानीमा प्रेमदासाले आफू सर्वदलीय अन्तरिम सरकारमा सहभागी हुन तयार रहेको बताएका हुन् । राजापक्षेले बुधबार राजीनामा दिएमा एक हप्तामा नयाँ राष्ट्रपति चयन गरिने छ ।

प्रेमदासा सन् २०१९ मा राष्ट्रपति निर्वाचन लडेका थिए । तर त्यतिबेला उनी पराजित भए ।

एजेन्सीको सहयोगमा ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here