श्रीलंकाका पूर्वअर्थमन्त्री बासिल राजापाक्ष देशबाट बाहिर भाग्न खाेज्दा असफल

२८ असार, एजेन्सी । पूर्वअर्थमन्त्री एवम् राष्ट्रपति गोटाबाया राजापाक्षका कान्छा भाइ बासिल राजापाक्ष देशबाट बाहिर भाग्न खाेज्दा असफल भएका छन् ।

सोमबार साँझ उनलाई संयुक्त अरब इमिरेट्सको दुबइ जाने हवाइजहाज चढ्नबाट रोकिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

frontline

देशमा जारी चरम आर्थिक सङ्कटका बेला बासिलले श्रीलङ्का छोड्ने प्रयास गरेकामा त्यसको हवाइजहाजका यात्रीले घोर विरोध गरेपछि अध्यागमन अधिकारीहरूले उनलाई विमान चढ्न नदिएकाे डेली मिररले छापेको छ ।

यसैबीच, राष्ट्रपति गोटाबायाले देश नछाडेको सभामुख महिन्दा यापा अबेवर्देनाले बताएका छन् । शनिबार राजीनामाको घोषणा गरेका उनी भागेर तेस्रो मुलुक गएका बताइएको थियो । प्रधानमन्त्री रनिल विक्रमासिङ्घे पनि स्वदेशमा नै रहेको दाबी उनले गरेका छन् ।

शनिबार राष्ट्रपति भवनमा प्रवेश गरेका हजारौँ प्रदर्शनकारीमध्ये केहीले त्यहाँ क्यारम बोर्ड खेलेको, सोफामा सुतिरहेको, बगैँचामा रमाइलो गरेको र भान्सामा खानाको लागि खाना तयार गरेका दृश्यहरू सार्वजनिक भएका थिए ।

राष्ट्रपति र प्रधानमन्त्रीले पदबाट राजीनामा नदिएसम्म उनीहरूले राष्ट्रपति भवनबाट बाहिर ननिस्कने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here