श्रीमतीले सम्बन्धविच्छेदको मुद्दा दायर गरेपछि ७ जनाको हत्यापछि आत्महत्या

२२ पुस, एनोक (उटाह) । श्रीमतीले सम्बन्धविच्छेदको निवेदन सम्बन्धित निकायमा दर्ता गरेपछि यहाँका एक ४२ वर्षीय पुरुषले आफ्ना पाँच छोराछोरी, सासु र श्रीमतीलाई गोली हानेर हत्या गरेपछि आत्महत्या गरेका छन् ।

श्रीमतीले सम्बन्धविच्छेदको मुद्दा दायर गरेको दुई सातापछि उनीहरूको हत्या गरिएको सरकारी अधिकारीहरूले बताएका छन् ।

frontline

घटना साल्टलेक सिटी र लस भेगासबीचको दक्षिणी उटाहको सानो सहर एनोकमा घटेको हो । प्रहरीले बिहीबार भएको पत्रकार सम्मेलनमा घरायी समस्याका कारण हत्या भएको बताए पनि घटनाको विस्तृत विवरण सार्वजनिक गरेन ।

यद्यपि नगरका प्रमुख जेफ्री चेस्नटले सम्बन्धविच्छेदको निवेदन नै हत्याको कारण हुनसक्ने बताएका छन् । एपी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here