श्रीमतीको हत्या गरि फरार रहेका श्रीमान तीन दिन पछि पक्राउ

सुरेश यादव,परासी

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका एक श्रीमानले आफ्नै श्रीमतिको हत्या गरि फरार भएकालाई सोमबार तीन दिन पछि प्रहरीले पक्राउ गरेको छ । वडा नं १६ सबुनी स्थित वर्ष ३० कि ललिता कँहारलाई उनकै श्रीमान जोखन कँहारले शुक्रबार राति ११:३० बजेको घाँटी र कोखामा धारिलो हतियार चक्कु प्रहार हत्या गरेर फरार रहेको कँहारलाई खोजतलास गर्दा आज पाल्हिनन्दन ६ पडरी स्थित नेपाल भारत सिमानामा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

frontline

पक्राउ परेका कँहारलाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जिल्ला अदालत परासीबाट पाँच दिनको म्याद थप गरि थप अनुसन्धान भईरहेको सुचना अधिकारी प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिनुभयो । मृतक ललिता र प्रतिवादी जोखन बिच ८ वर्ष पहिला विवाह भई २ छोराहरुको जायजन्म भएकोमा श्रीमान र श्रीमती बिच बादबिवाद हुदा करिव ६ महिना अगाडि मृतक ललिता माईती घर भारत जिल्ला महाराजगन्जको निपनिया बस्दै आएकी थिन् ।

मृतकको श्रीमान यहि बैशाख १७ सोमबारको दिन ससुराली घर गई आफ्ना सासू ससुरा र श्रीमतीलाई आफू सुध्रिने र घरमा मिलेर बस्ने कुरामा विश्वास दिलाए पछि ललिता श्रीमान संगै आफ्नो ससुराली घर आएपछि शुक्रबार राति ११:३० बजेको समयमा आफू सुत्ने कोठामा निज कँहारले आफ्नो श्रीमती ललिताको धारिलो हतियारले हत्याा गरि फरार रहेका आज पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी पन्थीले अधिकारी पन्थीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here