शैक्षिक संस्था बन्द गर्न निर्देशन वीरगञ्ज महानगर
कोरोनाभाइरसको संक्रमण तीव्र भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाभित्रको शैक्षिक संस्था बैशाख मसान्तसम्म बन्द गर्न निर्देशन दिएको छ । भौतिक रुपमा उपस्थित नभइ भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाएर शैक्षिक गतिविधि सञ्चालन गर्न गराउन निर्देशन दिएको हो ।
प्रतिक्रिया दिनुहोस्