शेयर बजारमा ९ अंकको गिरावट, ८० करोडको कारोबार

३० असोज, काठमाडौं । साताको सुरुको दिन आइतबार पनि शेयर बजारमा गिरावट जारी रह्यो ।

उतार चढावबीच बजार परिसूचक नेप्से ९ अंकले झरेर १८ सय ६० मा आएर थामियो । कारोबार ८० करोड हाराहारीमा सीमित रह्यो ।

frontline

यस दिन उत्पादनमूलक र वाणिज्य बैंक समूह बाहेक अरु सबै समूह ओरालो लागे । जीवन बीमा समूह सबैभन्दा उच्च ७६ अंकले ओरालो लाग्दा अरु पनि दोहोरो अंकले घटे ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २१ कम्पनीको २५ लाख ७४ हजार कित्ता शेयर ८० करोड ३५ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

यस दिन १ सय ४९ कम्पनीको मूल्य घट्दा जम्मा ३० कम्पनीको बढ्यो । घटेको बजारमा पनि अभियान लघुवित्तका लगानीकर्ताले भने सबैभन्दा उच्च १० प्रतिशत बराबरले कमाए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here