शून्य तापक्रममै पठन पाठन

२४ पुस, सिमकाेट । हिउँदको तापक्रम माइनसमा पुगेको छ। बेला– बेलामा हिमपात भइरहेको छ। तर, हिमालपारिको गाउँ छनाम्खा गाउँपालिका–६ को लिमीमा प्रतिकूल मौसममा पनि विद्यालय खुलै छन्।

समुदाय र वडा कार्यालयको सामूहिक निर्णयका आधारमा हिउँदको चिसोमा पनि पठनपाठन बन्द नगरिएको हो।

frontline

हल्जी गाउँका पेम्वापुर्बा तामाङले विद्यालयमा पठनपाठन जारी रहेको जानकारी दिए। जिल्लाका अन्य क्षेत्रका विद्यालयको पठनपाठनबारे जानकारी नभएको बताउने उनले हिमपात भइरहेको बेला पनि विद्यालयमा बिहानबाट बेलुकासम्म पढाइ सुचारु भइरहेको जानकारी दिए।

विद्यालयमा सरकारी शिक्षक हिउँदे बिदामा घर जाने कारण यो मौसममा यसअघि कहिल्यै पढाइ हुँदैन थियो । तर, सहयोगी संस्था र स्थानीयले श्रोत जुटाएर बैकल्पिक शिक्षकको व्यवस्था गरेपछि जाडोमा पनि पढाइ सुचारु राख्न सम्भव भएको हो।

लिमीको हल्जी गाउँको सुनखानी प्राथमिक विद्यालयमा निजी श्रोतका शिक्षक कोन्ज्योक छिरिङ तामाङले तापक्रम माइन्समा झरे पनि पढाइ जारी रहेको बताए।

हिमपातले गाउँ बाहिर अन्यत्र जान कठिन भएकै कारण विद्यार्थी नियमित विद्यालयमा आउने गरेका छन्।लिमीका वडाध्यक्ष पाल्जोर तामाङले सरकारी शिक्षक नभए पनि निजी श्रोतका शिक्षकबाटै पढाइ भइरहेको बताए।

माघमा एक महिनाका लागि बिदा हुने गरेको जानकारी दिँदै उनले भने, ‘अन्यत्र जाडो याममा विद्यालय सञ्चालन नहुने गरे पनि लिमीमा आफ्नो किसिमले पढाइ चालु गरिरहेका छौं।’

उक्त विद्यालयबाहेक नाम्खा गाउँपालिकाका सबै विद्यालय बन्द छन्। शिक्षक र विद्यार्थीको लागि स्थानीयले नै बिहानको खानाको व्यवस्था गरेको कारण पनि पढाइ सुचारु गर्न सहज भएको हो।

लिमीको उक्क्त विद्यालयमा वर्षमा ११ महिना पढाइ हुँदै आएको छ। कक्षा पाँचसम्म पढाइ हुने विद्यालयमा ५४ जना अध्ययनरत् छन्।

छात्रछात्रालाई विद्यालयमा तिब्बतीयन भाषा पनि पढाइने गरिएको छ। कोरोना महामारीको संकटका बेला पनि लिमीका विद्यालय बन्द गरिएको थिएन।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here