शीतलनिवास पुगेर सीके राउतले भेटे राष्ट्रपति भण्डारीलाई

२० मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके) शीतलनिवास पुगेका छन् । 

राउतले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रपतिलाई भेट्न आफू मंगलबार शीतलनिवास पुगेको जानकारी दिए । 

frontline

राष्ट्रपति भण्डारीसँगको भेटमा समसामयिक राजनीतिक विषय र तिनको निकासका लागि छलफल भएको उनले उल्लेख गरेका छन् । 

“सम्माननीय राष्ट्रपतिज्यूसँग शिष्टाचार भेटघाट तथा देशको समसामयिक राजनीतिक निकासको विषयमा छलफल,” तस्विरसहित उनले फेसबुकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here