शिक्षक महासंघको आन्दोलन

चरणबद्ध आन्दोलनको घोषणा

पहिलो चरणका कार्यक्रमअन्तर्गत वैशाख २० गतेदेखि ३१ सम्म शिक्षा मन्त्रालय, प्रदेश सरकार, शिक्षा विकास तथा समन्वय इकाई हुँदै स्थानीय सरकारसमक्ष विरोधपत्र बुझाउने

२० वैशाख, काठमाडौं । नेपाल शिक्षक महासंघले विभिन्न माग राख्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आफू र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच भएका सबै सहमति कार्यान्वयन नभएकाले दबाबमूलक आन्दोलन घोषणा गर्नुपरेको महासंघले जनाएको छ ।

महासंघका सहअध्यक्ष पूर्णप्रसाद दवाडी र महासचिव लक्ष्मीकिशोर सुवेदीले आइतबार विज्ञप्ति जारी गर्दै सोमबारदेखि चरणबद्घ आन्दोलन गर्ने जनाएका छ । संघीय शिक्षा ऐन जारी गराउने, न्यून तलबमा काम गरेका बालकक्षाका शिक्षक र विद्यालय कर्मचारीको समयोचित तलब वृद्घि गर्ने लगायत माग महासंघले राखेको छ ।

frontline

यस्तै शिक्षक, कर्मचारीलाई अविलम्ब कोभिड विरुद्घको खोप लगाउने तथा कोभिड संक्रमित शिक्षक कर्मचारीको लागि बिमा र निःशुल्क उपचारको व्यवस्था गर्ने तथा हाल संस्थागत विद्यालयमा भएका शिक्षक कर्मचारी निष्कासन गर्ने कार्यलाई रोक्ने लगायतका माग पनि शिक्षक महासंघले राखेको छ ।

महासंघले पहिलो चरणका कार्यक्रमअन्तर्गत वैशाख २० गतेदेखि ३१ सम्म शिक्षा मन्त्रालय, प्रदेश सरकार, शिक्षा विकास तथा समन्वय इकाई हुँदै स्थानीय सरकारसमक्ष विरोधपत्र बुझाउने कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रेस विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here