शिक्षकले कुटपिट गरेको भन्दै छात्राले घर पुगेर आत्महत्या

२५ माघ, काठमाडौं । विद्यालयमा शिक्षकले कुटपिट गरेको भन्दै झापाको गौरीगञ्जकी एक छात्राले घर पुगेर आत्महत्या गरेकी छिन् । झापाको गौरीगञ्ज माविमा कक्षा ११ मा अध्ययनरत छात्राले आत्महत्या गरेपछि बुधबार गौरीगञ्ज बजार क्षेत्र दिनभर तनावग्रस्त बनेको थियो ।

आफैंलाई पढाउने शिक्षकले कुटपिट गरेपछि उनले आत्महत्या गरेको विद्यार्थी तथा अभिभावकको भनाइ छ । गौरीगञ्ज–३ की सोनी राजवंशीले आत्महत्या गरेकी हुन् ।

frontline

स्कुलबाट घर फर्केलगत्तै आत्महत्याको प्रयास गरेकी उनलाई तत्काल उद्धार गरी अस्पताल लगिएकोमा अस्पतालले मृत घोषित गरेको थियो ।

सोही घटनालाई लिएर गौरीगञ्ज क्षेत्र तनावग्रस्त बनेको हो । प्रत्यक्षदर्शी विद्यार्थीका अनुसार विद्यालयमा केटा साथीसँग बसेको निहुँमा शिक्षक पवन दासले उनलाई कुटपिट गरेका थिए ।

शिक्षक दासले कुटपिट गरेको र अर्का शिक्षक कुटपिटको भिडियो बनाएको कारण सोनीले आत्महत्या गरेको उनका साथीहरूको भनाइ छ । पीडितका आफन्त र कक्षा ११ का विद्यार्थीहरूले आरोपित शिक्षकहरूलाई पक्राउको माग गर्दै बुधबार इलाका प्रहरी कार्यालयमा धर्ना दिएका थिए ।

आक्रोशित आफन्त र मृतकका साथीहरूले शिक्षक पवन दासको घरमा तोडफोडसमेत गरेका छन् । आरोपित शिक्षकलाई पक्राउ गरि इलाका प्रहरी कार्यालय दमक लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here