शारीरिक अस्वस्थ्य भएका व्यक्तिलाई पालिकाको सहयोग कृष्णपुर नगर ,कञ्चनपुर

शारीरिक अस्वस्थ्यताका कारण हिँडडुल गर्न नसक्ने व्यक्तिको घरमै पुगेर कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझा ह्वीलचियरलगायतका सामग्री उपलव्ध गराउन थालेका छन्। चिकित्सकसहितको टोली लिएर नगरप्रमुख ओझाले नगरपालिकाका नौवटै वडामा रहेका शारीरिक अस्वस्थता भएका व्यक्तिको स्वाथ्य जाँच गराउने, निःशुल्करूपमा औषधि उपलब्ध गराउने कार्यसँगै आवश्यकताका आधारमा ह्वीलचियर र दिसापिसाब गर्न प्रयोग हुने प्लाष्टिकको कुर्सी निःशुल्क उपलव्ध गराउन थालेका हुन् ।

‘शारीरिक अस्वस्थता भएका व्यक्तिको पहिचान गरी घरमै पुगेर स्वास्थ्य सेवा दिने कार्यको थालनी गरेका छौँ’ नगरप्रमुख ओझाले भने, ‘चिकित्सकीय सेवासँगै आवश्यक सहायक सामग्री दिने कार्य भइरहेको छ ।’ अहिलेसम्म नगरपालिकाका वडा नं १, २, ८, ९ का आधा दर्जन बढी व्यक्तिलाई सहायक सामग्री उपलब्ध गराइएको उल्लेख गरे।

frontline

नगरपालिकाका नौवटै वडाका ३२ शारीरिक अस्वस्थता भएका व्यक्तिलाई सहायक सामग्री र चिकित्सकीय सेवा घरदैलोमै पुगेर उपलब्ध गराउने लक्ष्य रहेको उनले बताए। ‘ह्वीलचियर दातृ निकायको सहयोगमा निःशुल्क वितरण गरिरहेका छौँ’, उनले भने, ‘दिसापिसाब गर्नका लागि प्रयुक्त हुने कुर्सी नगरपालिकाको आन्तरिक बजेटबाट खरिद गरी वितरण भइरहेको छ, ह्वीलचियर र कुर्सी आवश्यकता भएका पहिचानमा आएका अन्यलाई पनि वितरण गर्छौँ।’ नगरपालिकाको महिला तथा बालबालिका शाखामा ह्वीलचियर र कुर्सी उपलब्ध गराउनका लागि निवेदन सङ्कलन गर्ने कार्य भइरहेको छ । हालसम्म सहायक सामग्रीका लागि २९ जनाले निवेदन दिएका छन् । शाखामा निवेदन दिने कार्य जारी रहेको छ ।

शारीरिक अस्वस्थताका कारण उपचार पाउन नसकेका व्यक्तिलाई घरमै पुगेर सहायक सामग्रीसहित चिकित्सकीय सेवा उपलब्ध गराउने पहिलो नगरपालिका कृष्णपुर बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here