शनिबार र आइतबार कोशी प्रदेशका ५ जिल्लामा विद्युत आपूर्ति प्रभावित हुने
विराटनगर। केरौन १३२/३३ के.भी. सबस्टेशन आयोजनाको उपकरण परीक्षण तथा सबस्टेशन सञ्चालन कार्यका लागि दुहबी–दमक १३२ के.भी. प्रसारण लाइनमा काम गर्नुपर्ने भएकाले कोशी प्रदेशका विभिन्न ५ जिल्लामा विद्युत आपूर्ति बन्द हुने भएको छ।
नेपाल विद्युत प्राधिकरण, केरौन सबस्टेशन आयोजनाका अनुसार दुहबी ग्रिड महाशाखा अन्तर्गतको प्रसारण लाइनमा ‘लूप-इन लूप-आउट’ (LILO) कार्य गर्न लागिएकाले विद्युत सेवा बन्द गर्न लागिएको हो।
शनिबार र आइतबार बिहान ४:०० बजेदेखि दिउँसो १२:०० बजेसम्म झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण भागहरू तथा मोरङ जिल्लाको उर्लाबारी र पथरी आसपासका क्षेत्रहरूमा विद्युत सेवा बन्द हुनेछ ।







प्रतिक्रिया दिनुहोस्