शताब्दी पुरुष जोशी स्वस्थ भई डिस्चार्ज

श्रोत : ईन्टरनेट

काठमाडाैं । अस्वस्थ भई केही दिनअघिदेखि किष्ट मेडिकल कलेजमा उपचाररत शताब्दी पुरुष सत्यमोहन जोशी शुक्रबार डिस्चार्ज भएका छन्।

स्वास्थ्यमा सुधार भई हिँड्डुल गर्नसक्ने भएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएको छ। 

frontline

श्वासप्रवासमा समस्या, छातीको संक्रमण, मुटुको चालमा गडबढी तथा रक्तचाप कमी देखिएपछि जोशीलाई जेठ २६ गते किष्ट अस्पतालमा भर्ना गरिएको थियो। 

रक्तचापमा देखिएको गडबढी नियन्त्रणमा आइसकेको छ।

हाल जोशी ज्यूको स्वास्थ्यमा सुधार भई उहाँ हिँड्डुल गर्नसक्ने हुनुभएको छ,’ अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘उहाँको स्वास्थ्य अवस्था सामान्य रहेकाले यस शिक्षण अस्पतालका चिकित्सको सल्लाहबमोजिम आज असार ४ गते शुक्रबार जोशीज्यूलाई डिस्चार्ज गरिएको छ।’

छाती रोग विशेषज्ञ प्रा.डा. मिलेशजंग सिजापतीका अनुसार जोशीलाई एक हप्तापछि फलोअपका लागि चिकित्सक टोलीले सम्पर्क गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here