शक्तिशाली भूकम्प, पाँचको मृत्यु

दुशान्वे । ताजिकिस्तानको पश्चिमी क्षेत्रमा केन्द्रविन्दु भएर शनिबार शक्तिशाली भूकम्प आएको छ ।

भूकम्पमा परी अहिलेसम्म कम्तीमा पाँच जनाको मृत्यु भएको विवरण प्राप्त भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन् ।

frontline

स्थानीय समय अनुसार शनिबार विहान ७ः१४ बजे ५.९ म्याग्नीच्युडको भूकम्प आएको युरोपेली भूगर्भ केन्द्रले जानकारी दिएको छ ।

भूकम्पको केन्द्रबिन्दु भएको ठाउँ दसान्वेदेखि १६५ किलोमिटर टाढा रहेको पनि केन्द्रका अधिकारीहरूले जानकारी दिएका छन् ।

भुकम्पले पाँच जनाको मृत्यु भएको छ भने अरु मानवीय क्षतिको विवरण प्राप्त नभएको अधिकारीहरूले बताएका छन् ।

केही व्यक्तिहरु घाइते भएको हुनसक्ने बताइएको छ ।

भूकम्पका कारण १९ घर भत्किएका छन् । अन्य भौतिक क्षतिको विवरण भने सङ्कलन गर्ने क्रम चलिरहेकाले पूर्ण विवरण भने आउन बाँकी रहेको अधिकारीहरूले जानकारी दिएका छन् ।(रासस÷एएनआई)

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here