व्यवस्थित आइसोलेसन बनाउँदै अच्छामका स्थानीय तह

फ्रन्टलाइन पालिका । अछामका १० वटै स्थानीय तहले आइसोलेसन वार्ड बनाउन थालेका छन  । जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले प्रत्येक पालिकाले १० बेडसहितको आइसोलेसन वार्ड अनिवार्य गराउने निर्णय गरेपछि उनीहरू जुटेका हुन  । सदरमुकाम समेत रहेको मंगलसेन नगरपालिकाले ४० बेड क्षमता भएको आइसोलेसन वार्ड तयार पारेको छ । कृषि ज्ञान केन्द्रको भवनलाई आइसोलेसन वार्ड निर्माण गरेको हो । सामान्य लक्षण भएका संक्रमितलाई होम आइसोलेसनमा बसाउने र जटिल संक्रमितलाई मंगलसेनमा रहेको आइसोलेसनमा ल्याइने बताइएको छ ।
यस्तै साँफेबगर नगरपालिकाले पनि बयालपाटा अस्पतालमा आइसोलेसन वार्ड तयार पारेको छ । बयालपाटा अस्पतालमै अक्सिजन उत्पादन गर्ने प्लान्ट भएकाले सबै बेडलाई अक्सिजनसहित व्यवस्थापन गर्न थालिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले ५ वटा अक्सिजन उत्पादन गर्ने मेसिन खरिद गर्न प्रक्रिया अघि बढाएको छ । स्वास्थ्य सामग्री जताततै अभाव हुन थालेपछि सोचेअनुसार तीव्र रूपमा व्यवस्थापन गर्न नसकिएको नगरपालिकाले बताएको छ ।

यस्तैगरि कमलबजार नगरपालिकाले ३० बेडसहितको आइसोलेसन वार्ड तयारी अवस्थामा राखेको छ । उता ढकारी गाउँपालिकाले पनि १० बेडसहितको आइसोलेसन तयार पारेको छ । गाउँपालिकामा समुदायमै गएर कोरोना परीक्षण गर्ने तयारी थालिएको छ । चौरपाटी गाउँपालिकाले भने विद्यालयलाई आइसोलेसन वार्ड बनाएको जनाएको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

विश्व परिवेश

poster-here