व्यवसायी शेखर गोल्छा पक्राउ

काठमाडौं : व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बिहीबार गोल्छालाई पक्राउ गरेको हो।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको स्रोतले बताएको छ। ब्युरोका प्रमुख (एआइजी) मनोज कुमार केसीले अनुसन्धानका लागि गोल्छालाई पक्राउ गरेको जानकारी दिए।

frontline

एआइजी केसीले अन्नपूर्णसँग भने, ‘थप अनुसन्धानका लागि उहाँलाई पक्राउ गरिएको हो।’ हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्षसमेत रहेका उनीमाथि धितोपत्र ऐनसम्बन्धी कसुर रहेको प्रहरीले जनाएको छ। ‘गोल्छा समेतको मिलेमतोमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिम कसूरमा थप अनुसन्धान तथा कारबाहीका लागि काठमाडौं जिल्ला अदालतको अनुमति लिई पक्राउ गरिएको,’ विज्ञप्तिमा उल्लेख छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here