वृक्षारोपण गर्दै जनप्रतिनिधि हिलिहाङ गाउँपालिका

पाँचथरको हिलिहाङ गाउँपालिकाले सञ्चालन गर्दै आएको सडक, सिँचाइ र खानेपानी आयोजनाको अनुगमनसँगै वृक्षरोपण गर्ने अभियान चलाएको छ । पालिकाको वन वातावरण समितिको अगुवाइमा यस्तो अभियान चलाइएको हो ।

चालु आर्थिक वर्षमा सञ्चालन भइरहेका योजनाको अगुनमनसँगै वृक्षारोपणको कार्यक्रम अगाडि बढाइएको समिति संयोजक वीरेन्द्र मग्रातीले जानकारी दिए ।

frontline

उनका अनुसार निर्माणाधीन सडकको छेउछाउमा रिट्ठोका बिरुवा रोपिँदै छ । रिठ्ठो साबुन बनाउन प्रयोग गरिने कच्चा पदार्थसमेत हो । वैशाख लागेयता हिलिहाङका ७ वटै वडामा करिब ५ सय वटा बिरुवा रोपिएको पनि उनले बताए । ‘बाटोघाटोमा हरियालीसँगै मुहान क्षेत्रको संक्षणका लागि यस्तो अभियान चलाएका हौं,’ मग्रातीले भने ।

यसरी रोपिएका बिरुवा योजना सम्पन्न भएपछि उपभोक्तालाई नै जिम्मा दिइन्छ । यसलाई हुर्काएर कच्चा पदार्थ बिक्री गरी स्थानीयको आम्दानी बढ्ने लक्ष्य राखिएको छ । वृक्षारोपण अभियानलाई निरन्तरता दिने अनुगमन समिति संयोजकसमेत रहेकी पालिका उपाध्यक्ष सुमित्रा उप्रेती सेढाइँ बताउँछिन् ।

पालिकाभरि साना–ठूला गरी सयभन्दा धेरै यस्ता योजना सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here